दफा १९
शिक्षाध्यक्ष, रजिष्ट्रार तथा डीन
: (१) उपकुलपतिको सिफारिसमा सहकुलपतिले शिक्षाध्यक्ष, रजिष्ट्रार तथा डीनको नियुक्ति गर्नेछ ।
(२) शिक्षाध्यक्ष, रजिष्ट्रार तथा डीनको पदावधि चार वर्षको हुनेछ ।
(३) शिक्षाध्यक्ष, रजिष्ट्रार तथा डीनको नियुक्ति, काम, कर्तव्य र अधिकार, पारिश्रमिक, सुविधा तथा सेवाको शर्त सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछन् ।